काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६५ दशमलव ९८ प्रतिशत उत्तीर्ण भएका छन् । जस अनुसार २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएका छन् ।
एसईई २०८२ को तुलनामा यो वर्ष ६५ प्रतिशत बढी उत्तीर्ण भएका छन् । परीक्षामा ४ लाख ३० हजार ६६७ परीक्षार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा अनुसार ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ छन् । ३.२० देखि ३.६० जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ० हजार ३७२, २.० देखि ३.२० जिपिए ल्याउनेको संख्या ९४ हजार २२२ छन् ।
त्यसैगरी २.४० देखि २.८० पाउने विद्यार्थीको संख्या ५५ हजार ९७७, २ देखि २.४० जिपिए ल्याउनेको संख्या ५१ हजार ९० र १.६० देखि २ जिपिए ल्याउने विद्यार्थीको संख्या ७ रहेको छ । परीक्षामा १ लाख ४६ हजार ५०७ जना विद्यार्थीले एनजी ल्याएका छन् ।
तगवर्ष चैत १९देखि २९ गतेसम्म सञ्चालित एसईई परीक्षाको नतिजा सोमबार राती ९ बजे प्रकाशित गरेको हो । यो वर्ष परीक्षा सञ्चालन भएको २९ दिनमा परीक्षाफल प्रकाशित गरेको हो । पनिका कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले सबै सरोकारवालको सहयोगको कारण तोकिएको समयभन्दा एकदिनअघि परीक्षाफल प्रकाशित गर्न सफल भएको जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्