Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सरकारले ‘एभरेज’ नीति तथा कार्यक्रम ल्यायो, बजेटले नवयुवामा निराशा पैदा हुने देखिन्छ : पूर्वअर्थमन्त्री पुन


221
Shares

काठमाडाैं । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम औसत रहेको टिप्पणी गर्नुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले विशाल जनमत प्राप्त सरकारले सबै क्षेत्रमा डिपार्चर गर्नेगरी आम नागरिकको अपेक्षा भएपनि त्यस्तो नआएको टिप्पणी गर्नुभएको हो ।

नीति तथा कार्यक्रम अनुसार बजेट आए नवयुवामा निराशा पैदा हुने उहाँको भनाइ छ । उहाँल नीति तथा कार्यक्रमका सन्दर्भमा सरकार तयारी साथ आएको नदेखिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विशाल जनमत पाएको सरकारले सबै क्षेत्रमा डिपार्चर गर्नेगरी नीति तथा कार्यक्रम ल्याउँछ भन्ने जनअपेक्षा थियो । हामी माननीयहरुले समेत स्वभाविक रुपले ठुलो अपेक्षा जगाएर आएको दलले सरकार बनाइरहेको बेला जनअपेक्षाअनुसार अलि क्रमभंग गर्ने खालको नीति ल्याउँछ भन्ने थियो । सरकारले एभरेज नीति तथा कार्यक्रम ल्याएको छ । यसै खालको बजेट आयो भने नवयुवाहरुमा निराशा पैदा हुने देखिन्छ । सरकार तयारीसहित आएको देखिएन । यो पुरानै शैलीको निन्तरता हो ।’

उहाँले बजेट प्रश्तुत गर्दा सरकार तयारीसहित आउनुपर्नेमा उहाँको जोड छ ।