काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाको रुपमा ग्रहण गर्दै अघि बढाउने बताएका छन् ।
सोमवार संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै उहाँले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले सरकारले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनर्उत्थान र सामाजिक उन्नतिलाई अभियानको रुपमा अघि बढाउने समेत बताए । उनले सबै वर्ग, क्षेत्र र समूदायको समान अपनत्व सुनिश्चित हुनेगरी राजनीतिक दलहरुसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषयहरु पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेपनि बताए ।
उनले भने,‘सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाको रुपमा ग्रहण गर्दै भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनर्उत्थान र सामाजिक उन्नतिलाई अभियानको रुपमा अघि बढाउनेछ । सबै वर्ग, क्षेत्र र समूदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरुसँग सम्वाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषयहरु पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ । सबै आर्थिक कारोबारलाई डिजीटल प्लेटफर्ममा आवद्ध गरी राजस्व चुहावट मुक्त आर्थिक क्षेत्रको विकास गरिनेछ ।’
राष्ट्रपति पौडेलले सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममार्फत अघि बढाउने पनि बताए।










प्रतिक्रिया दिनुहोस्