काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र प्रमुख महेन्द्रकुमार दासमाथि घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । वितरण प्रमुख दासले चार्जिङ स्टेसनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको दाबी अख्तियारको छ ।
दासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जरिबाना, विगो जफत र कैद सजाय गर्न माग गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्