Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


नेपाल‘ए’ले अमेरिकालाई दियाे २६५ रनको लक्ष्य


273
Shares

काठमाडौं । सन्दीप जोराको शतकप्रेरित नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकालाई २६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार (वैशाख २८) माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६४ रन बनाएको हो ।

नेपाल ‘ए’का सन्दीपले १११ रनको शतकीय इनिङ खेले । उनले ११५ बलमा नौ चौका र चार छक्का प्रहार गरे । बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० र नारायण जोशीले १६ रन बनाए ।

अमेरिकाका सौरभ नेत्रावाल्करले सर्वाधिक तीन विकेट लिए । जसदीप सिंहले दुई र शुवम रन्जाने, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उयुगरकरले समान एक विकेट लिए ।