Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


संघीय संसदको बजेट अधिवेशन आजदेखि हुँदै

राष्ट्रपति पौडेलले आजै संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

13
Shares

काठमाडाैं । संघीय संसद्को बजेट अधिवेशन साेाबारदेखि शुरु हुने भएकाे छ।

सरकारको नीति कार्यक्रम पनि साेाबारै प्रस्तुत हुने संसद सचिवनलयले जनाएके हाे । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पाैडेलले साेाबार अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र साेमबारै पारित समेत गरिने समेत सचिवालयले जनाएकाे हाे ।

साेमबार दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक शुरु हुने भएकाे छ । संसद् सचिवालयले प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रकाे बारेमा जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेकाे जनाएकाे हाे ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने छ । त्यस्तै, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेश हुने लगायत कार्यसूची पनि रहेको छ । त्यसैगरी, सरकारबाट जारी भएका विभिन्न ८ वटा अध्यादेश पनि पेश हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हाे ।

राष्ट्रियसभाको बैठकमा पनि साेही अध्यादेशहरू पेश हुने सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा साेमबार अपराह्न पौने ४ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले सूचित गरेको जनाएकाे हाे ।