काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ
गत शुक्रबार तोलामा १ हजार ३ सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार एक हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रूपैयाँमा काराेबार भएकाे जनाएकाे छ। शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ। चाँदी शुक्रबार प्रतितोला ५ हजार २ सय ७५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी आइतबार तोलामा ५ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला २५ रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्