Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


निजगढ होटलमा युवती मृत फेला, तीन जना पक्राउ


949
Shares

काठमाडौं।

निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलमा १९ वर्षीया सीता थिङ मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घाँटी थिचेर हत्या गरिएको हुन सक्ने प्रारम्भिक आशङ्का गरेको छ । घटनास्थलबाट प्रमाण सङ्कलन गरिएको र शव पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।