काठमाडाैं । नेपाल स्टक एक्सचेञ्न (नेप्से) हप्ताको अन्तिम कारोबार दिनका शुक्रबार दोहोरो अंकले बढेको छ ।
नेप्से शुक्रबार २७ दशमलव ४९ अङ्कले बढेर २ हजार ७ सय ४५ दशमलव ६५ विन्दुमा पुगेको हाे । नेप्से १५ कारोबार दिनपछि दोहोरो अङ्कले बढेको हो । यसअघि वैशाख २ गते नेप्से ३३ अङ्कले बढेको थियो । व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढेको छ । फाइनान्स, जलविद्युत र निर्जीवन बीमा समूहको सूचक डेढ प्रतिशत भन्दा बढीले उकालो लागेको नेप्सेले जनाएकाे हाे ।
२ सय ३५ वटा कम्पनीको शेयर बढेकोमा २६ वटाको घटेको छ । त्यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।त्रिशूली जलविद्युत कम्पनीको शेयर १० प्रतिशतले बढेको हाे । समग्रमा बजार बढेको दिन स्वावलम्बन लघुवित्तको शेयर सबै भन्दा बढी साढे ६ प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको हाे । बिहीबार २ अर्ब ९३ करोडको कारोबार भएकोमा शुक्रबार ३ सय ३५ वटा कम्पनीका ७४ लाख ७८ हजार कित्ता शेयर ३ अर्ब २८ करोड रुपैयाँमा काराेबार भएकाे नेप्सेले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्