Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिस कार्य क्षमताको आधारमा गरेकाे सरकारकाे दावी

कार्य क्षमतको हिसाबले प्रधानन्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो भएकाे जिकिर

234
Shares

काठमाडाै । नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले संवैधानिक परिषद्ले कार्य क्षमतालाई मुख्य आधार बनाएर प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गरेको बताउनुभएको छ ।

वरीयताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै आलोचना भइरहेकाे समयमा उहाँले राजनीतिको प्रभावमा नपरेका र कार्य क्षमतामा अब्बल भएकाले उहाँलाई सोही पदमा सिफारिस गर्ने निर्णय संवैधानिक परिषद्ले गरेको दावी गर्नुभएको हो । उहाँले शुक्रबार सञ्चारकर्मीहरुले राखेकाे जिज्ञासाको जवाफ दिने क्रममा न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरु भएको जिकिर गर्दै यसलाई अझै व्यवस्थित ढंगले अघि बढाउने समेत बताउनुभयो ।

प्रवक्ता पोखरेलले कार्य क्षमतको हिसाबले प्रधानन्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो भएकाे दावी समेत गर्नुभएकाे छ । त्यसैगरी उहाँले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अघि बढ्ने पनि बताउनुभयो ।