Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सुनचाँदीको मूल्यमा शुक्रबार पनि उकालाे यात्रा कायमै


0
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार एक हजार तीन सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार सुनप्रतितोला दुई लाख ९८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला पाँच हजार एक सय ५५ रूपैयाँमा कारोबार भएको थियाे । शुक्रबार चाँदी तोलामा पाँच हजार दुई सय ७५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय २० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार सात सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।