Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


बालेन्द्र नेतृत्वकाे सरकार पुराना भन्दा खत्तम: अध्यक्ष साम्पाङ

'नीतिगत भ्रष्टाचार भन्दा ठूलो भ्रष्टाचार अर्को हुँदैन '

13
Shares

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन्द्र शाह नेतृत्वकाे सरकार पुराना भन्दा खत्तम देखिएकाे बताउनुभएकाे छ ।

अध्यक्ष साम्पाङले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री शाहले बिहीबार चाथाै बरियताका सर्वाेच्च अदालतका न्यायाधीश डा. मनाेज शर्मालाइ प्रधानन्यायधीश नियुक्ति लागि सिफारिस गरेपछि अध्यक्ष हर्क साम्पाङ आपत्ति जनाउनुभयाे ।

उहाँले नीतिगत भ्रष्टाचार भन्दा ठूलो भ्रष्टाचार याे भन्दा अर्को नहुने समेत बताउनुभएकाे हाे । अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन्द्रलाइ भ्रष्टाचारी सरकार संज्ञा समेत दिनुभएकाे छ ।