काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
शुक्रबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे। बाँकी तराई भू-भागमा -आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भईरहेको माैसम पूवानुमान महाशाखाले जनाएकाे हाे।
त्यस्तै, शुक्रबार दिउँसो भने कोशी र मधेश प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै बाँकी तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, मधेश प्रदेशका पहाडी तथा हिमाली र बाँकी तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, शुक्रबार राति भने हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्ग मध्यम वर्षा-हिमपात हुने भएकाे हाे ।
मधेश प्रदेश लगायत बाँकी हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्