Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सुनचाँदीकाे मूल्यमा उकालाे यात्रा कायमै


26
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ।

बुधबार तोलामा पाँच हजार आठ सय रूपैयाँ र बिहीबार एक हजार आठ सय गरी दुई दिनमा सुनको मूल्य तोलामा सात हजार ६ सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार प्रतितोला पाँच हजार ५५ रूपैयाँमा कारोबार भएको थियाे । बिहीबार चाँदी बिहीबार तोलामा पाँच हजार एक सय ५५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला एक सय रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार सात सय एक अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।