Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


इरानसँग ‘निकै राम्रो’ वार्ता भएको राष्ट्रपति ट्रम्पको दावी

इरान सम्झौताका लागि निकै आतुर रहेको जिकिर

26
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत २४ घण्टामा इरानसँग दुई महिना भन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा ‘निकै राम्रो’ वार्ता भएको दावी गर्नुभएको छ ।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि निकै आतुर रहेको जिकिर गर्नुभएकाे हाे । पछिल्लो २४ घण्टामा इरानसँग निकै सकारात्मक कुराकानी भएको र सहमति हुने बलियो सम्भावना रहेकाे उहाँकाे दावी छ । साेही क्रममा उहाँले गत फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले गरेको हवाई आक्रमणबाट इरानमा ठूलो क्षति पुगेको उल्लेख गर्नुभयाे ।

राष्ट्रपति ट्रम्पले यदि अमेरिका अहिले नै पछि हट्ने हो भने उक्त आक्रमणबाट भएको भौतिक क्षतिको पुनर्संरचना गर्न इरानलाई कम्तीमा २० वर्ष लाग्ने बताउनुभयाे । इरान र अमेरिकाबीचको तनाव कम गर्ने उद्देश्यले यी वार्ताहरू भइरहेको बुझिएको छ । राष्ट्रपति ट्रम्पले इरान पक्ष वार्ताको माध्यमबाटै निकास खोज्न सकारात्मक देखिएको उल्लेख गर्नुभयाे ।