Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस मनाउँदै

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

26
Shares

काठमाडाैं । बागमती प्रदेश सरकारले बिहीबार तेस्रो प्रदेश भाषा दिवस मनाउँदैछ ।

बामगती प्रदेश सरकारले २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन थालेको हो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन शुरु गरेको हो । ऐन, २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।

ऐनको दफा (१) को उपदफा (३) बमोजिम प्रदेश राजपत्रमा प्रकाशित भएको एक सय ८० दिनदेखि कार्यान्वयन हुने व्यवस्था गरिएको थियो । जसअनुसार २०८१ वैशाख २४ गते ऐन कार्यान्वयन भएको एक सय ८० दिन पुगेकाले त्यस वर्ष पहिलो पटक प्रदेश भाषा दिवस मनाइएको हो ।

बागमती प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।