काठमाडौं ।
मकै पाक्ने समयमा परेको वर्षाले सर्लाहीमा ठूलो क्षति पुर्याएको छ ।
मकै सुपरजोन समेत रहेको सर्लाहीका बरहथवा र बागमती नगरपालिकामा लगाइएको मकैबालीमा वर्षाले ३० प्रतिशत क्षति पुर्याएको हो । प्रकृतिको मारमा परेका सर्लाहीका किसान सरकारसँग क्षतिपूर्तीको माग गरिरहेका छन् ।
सर्लाहीमा करिब ९ हजार २ सय ४८ हेक्टर जमिनमा मकै खेती हुँदै आएको छ । किसानहरूले भित्र्याउने अवस्थामा पुगेको मकै बालीमा पछिल्लो समय वर्षाका कारण ठूलो असर परेको बताएका छन् । यस वर्ष परेको वर्षाले करिब ३० प्रतिशतको हाराहारीमा मकै बालीमा क्षति भएको अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्