काठमाडौं । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरणको मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य नसकिएको भन्दै म्याद थपको आदेश दिएको हो ।
अदालतको आदेश अनुसार शंकर ग्रुपका सञ्चालक अग्रवालको हकमा छैटौँ पटक र अर्का व्यवसायी भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाल र भट्टमाथि सम्पत्ति शुद्धीकरण तथा सम्बद्ध कसूरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा सरकारी वकिलको राय प्रतिवेदन तयार गर्ने र अभियोजनको कार्य बाँकी रहेको भन्दै विभागले थप समय माग गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्