Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


सुनकाे मूल्य आज प्रतितोला ५८ सय रूपैयाँले बढ्याे


845
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार तोलामा तीन हजार आठ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला पाँच हजार आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार आठ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार प्रतितोला चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बुधबार तोलामा पाँच हजार ५५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला एक सय ७५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार ६ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।