धनकुटा, असोज ११ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले सहमतिका आधारमा चाँडै नै प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाइने बताएका छन् ।
प्रेस संगठन धनकुटाले बिहीबार धनकुटामा गरेको पत्रकार सम्मेलनमा उनले आफूसँग दुइतिहाइको समर्थन भएपनि प्रक्रियामा वा बहुमत र अल्पमतका आधारमा प्रदेशको नाम र राजधानी नतोकी सहमतिका आधारमा तोकिने बताए ।
प्रक्रियामा गएर राजधानी र नाम तोक्दा विकासमा अवरोध हुने भएकाले सहमतिका आधारमा तोकिने उनको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्