Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालकाे ओमानमाथि शानदार जित

ओमान भने ८१ रनकाे फराकिलाे अन्तरले पराजित

442
Shares

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत नेपालले ओमानलाई ८१ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे खेलमा नेपालले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको ओमन ३९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ७५ रनमा समेटिएकाे हाे । नेपालका लागि गुल्शन झा एक्लैले पाँच विकेट लिएका थिए। त्यस्तै, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका छन् ।

ओमानका विनायक शुक्लाले ४१ बलमा ३६ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरेका छन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खेल सकिन एक बल अगावै सबै विकेट गुमाएर २ सय ५६ रन बनायो । नेपालका आशिफ शेखले सर्वाधिक ९४ रन बनाएका थिए । ९७ बलको सामना गरेका उनले सात चौका र पाँच छक्का प्रहार गरेका छन् ।

ओमनका लागि नदीम खानले तीन तथा शकील अहमद र हस्नैन शाहले समान दुई विकेट लिएका थिए । ओमनका जितन रमानन्दी र आर्यन विष्टले समान एक विकेट लिएका छन् ।