Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


उद्योगी शेखर गोल्छालाई हिरासत नराख्न आदेश


533
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ।

न्यायाधीश मोना सिंहको इजलासले पक्राउ अनुमतिको म्याद नथप्ने आदेश गर्दै उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्नुपर्ने ठहर गरेको हो।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार हिरासतमा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको जनाएको छ।

यस आदेशसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्छालाई रिहा गरी बाहिरबाटै अनुसन्धान अघि बढाउने भएको छ। यसअघि सर्वोच्च अदालतले पनि धरौटी वा जमानतको विकल्प हुँदाहुँदै थुनामा राखिएको विषयमा प्रश्न उठाएको थियो।