Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


सुनचाँदीको मूल्य घट्ने क्रम जारी


1.7k
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ।

सोमबार तोलामा तीन सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला तीन हजार आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार प्रतितोला पाँच हजार ३० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार तोलामा चार हजार आठ सय ८० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला एक सय ५० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार पाँच सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।