काठमाडाैं । आईसीसी विश्वकप लिग-२ क्रिकेटकाे एक दिवसीय श्रृंखलामा मंगलबार नेपालले ओमानसँग सामना गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार बिहान साढे ९ बजेदेखि शुरु हुने भएकाे हाे । घरेलु मैदानमा ओमान र यूएईसँगको यो शृङ्खलाको मंगलबार अन्तिम खेल खेलेपछि नेपालले लिग–२ अङ्क तालिकाका शीर्ष दुई टोली अमेरिका र स्कटल्याण्डसँग खेल्ने भएकाे छ ।
नेपालले यसअघि गत शनिबार भएको खेलमा यूएईलाई ३७ रन र शुक्रबार भएको खेलमा ६ रनले पराजित गरेको थियो । त्यस्तै, बुधबार भएको खेलमा नेपाल ओमानसँग १ सय २ रनले पराजित भएको थियो । आठ टोली रहेको लिग–२ मा नेपाल २३ खेलमा १६ अङ्कसहित सातौं, युएई २४ खेलमा १४ अङ्कसहित आठौं र ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ ।
यसैबीच नेपाल क्रिकेट सघ (क्यान) ले त्रिवि मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ एक दिवसीय शृङ्खलाको टिकट मूल्य घटाएको छ । नेपाल, युएई र ओमान सहभागी शृङ्खला हेर्ने दर्शकको सङ्ख्या घटेपछि क्यानले टिकट मूल्य पनि आधाले घटाएको हो ।
क्यानले यो शृङ्खला अन्तर्गत मंगलबार नेपाल र ओमानबीचको अन्तिम खेलको टिकट मूल्य २ सय रुपैयाँ तोकेको छ । यसअघि ४ सय रुपैयाँ थियो । त्यस्तै, यहि वैशाख २९ गतेदेखि शुरू हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृङ्खलाको टिकट मूल्य पनि २ सय रुपैयाँ तोकिएको क्यानले जनाएको हाे ।










प्रतिक्रिया दिनुहोस्