काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
मंगलबार बिहान मौसमको अवस्थास्हाल देशभर पूर्णतया बादल लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ।
त्यस्तै, मंगलबार दिउँसो भने देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा हुने भएकाे हाे ।
साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहितकाे हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्