Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


जेनजी आन्दोलन: जलेर नष्ट भएका सवारीसाधनकाे नाममा इन्धनको दुरूपयोग भएको छैन: स्वास्थ्य मन्त्रालय


286
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका जलेर क्रममा नष्ट भएका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको स्पष्ट पारेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयले गरेको छानबिनका क्रममा कर्मचारीले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग नगरेको बताउनुभएकाे हाे । जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग भन्ने गरेको विषय सञ्चारमाध्यममा आएफछि मन्त्रालयले यहि वैशाख १५ गत छानबिन समिति गठन गरेको थियाे ।

समितिले जलेका सवारीसाधन सम्बन्धी प्रहरी मुचुल्का, इन्धन सम्बन्धी अभिलेख र भुक्तानी विवरण लगायत सम्बन्धित कागजातको अध्ययन तथा विश्लेषणका आधारमा जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको मन्त्रालयका सह प्रवक्ता अधिकारीले बताउनुभएकाे छ ।