काठमाडौं । संसदकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद समन्वय बोर्डको बैठक मंगलबार बस्ने भएको छ ।
बैठक कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा मंगलबार दिउँसो ३ बजे बस्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलाे बैठक मंगलबार बस्न लागेको बताउनुभयाे ।
कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्