पर्वत । म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ज ८६७५ नम्बरको इभि गाडी मध्य पहाडी लोक मार्ग अन्तर्गत पर्वत सदरमुकाम कुस्मा नजिकै महाझमेलामा दुर्घटना भएको छ ।
सोमवार दिउँसो तीन बजे भएको दुर्घटनामा परी १० जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको गाडी चिप्लिएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेमा म्याग्दीको बेनी नगरपालिका वडा नं. ४ सिंगातातोपानीका ६० वर्षिया देवी खत्री, कास्की, पोखरा महानगरपालिका –१३ बस्ने ५५ वर्षीय लालवीर दमै, सोही ठाउँकी २५ वर्षिया सिता परियार, पर्वतको जलजला गाउँपालिका वडा नं. २ की ३८ वर्षिया लीला परियार, उनका छोरा ८ वर्षका दिप्सन परियार घाइते भएका छन् ।
यसैगरी ४९ वर्षीय विष्णु दमै, १९ वर्षीय सुस्मिता दमाई, पोखरा महानगरपालिका १० बस्ने ३८ वर्षिया सुशीला थापा ५० वर्षिया लीला थापा रहेको प्रहरीले जनाएको छ ।
सवै जना घाइतेहरूको प्रदेश अस्पताल पर्वतका उपचार भइरहेको छ । घाइतेहरूको टाउँको, हातखुट्टामा चोट लागेको छ । सबैको अवस्था मध्यम खालको रहेको प्रहरीले जनाएको छ । इभि चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्