Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


मधेस प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना छैन : मुख्यमन्त्री यादव


65
Shares

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गर्नुभएको छ । 
सोमवार जनकपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

बजेट ल्याउने बेलामा मधेस प्रदेशका कुनैपनि सांसदहरुले सरकार परिवर्तन गर्नेकुरा सोच्न पनि नसक्ने मुख्यमन्त्री यादवको जिकिर थियो । उहाँले बजेट ल्याउने बेलामा सरकार परिवर्तन गरिए त्यो मधेस प्रदेशका लागि दुर्भाग्य हुने चेतावनी समेत दिनुभयो । 

मुख्यमन्त्री यादवले भन्नुभयो, ‘मलाई विश्वास छ–यो सरकार अगाडि बढ्दैछ । र अहिलेको परिवेशमा यो बजेट सञ्चालनको पीक आवर हो । बजेट बनाउने पूर्वसन्ध्यामा हामी छौ । यसमा कसैले सरकार परिवर्तन गर्ने मनसाय बनाएको रहेछ भने यो प्रदेशको लागि दुर्भाग्य हुन्छ । र यो मधेसका लागि पनि दुर्भाग्य हुन्छ । त्यसकारणमा सब हाम्रा दलका नेता सजग छन् । दलका सांसद मित्रहरु सबै सचेत हुनुहुन्छ । सरकार परिवर्तनमा उहाँहरु लाग्नु हुन्न । त्यो पक्का हो ।’ मुख्यमन्त्री यादवले सबै दलहरु सरकार परिवर्तन गर्न नहुने अडानमा रहेको पनि बताउनु भयो ।