Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


संसदलाई प्रभावकारी बनाउन मुख्य सचेतक तथा सचेतकहरुसँग सभामुख अर्यालको छलफल


260
Shares

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले  प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरेका छन् ।

सभामुख अर्यालले संसदको आउँदो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक एवं सचेतकहरुसँग छलफल गरेका छन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसदको कार्यप्रणालीलाई प्रभावकारी बनाउने छलफल भएको बताए ।

उनले संसदीय दलको प्रमुख सचेत तथा सचेतक चयन भएपछि सभामुखसँग पहिलो छलफल भएकोले  बधाई तथा शुभकामना आदानप्रदान समेत भएको बताएका छन् ।

रास्वपाकै अर्का सचेतक प्रकाशचन्द्र परियारले संसदमा प्रतिनिधित्व गर्ने ६ वटै दलका सचेतक र प्रमुख सचेतकहरूसँग सभामुखले संसदको सञ्चालनको अवस्था र समस्याको बारेमा छलफल गर्नुभएको बताए । छलफलमा सभामुख अर्यालले संसदलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न दलहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको पनि बताएका छन् ।

नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सभामुखसँगको छलफलमा संसद छिटोभन्दा छिटो सञ्चालन गर्न पहलकदमी लिन आफूहरुले आग्रह गरेको बताए । उनले छलफलको कुनै ठोस एजेण्डा नभएपनि सभामुख अर्यालले संसदको प्रभावकारिता बढाउन विपक्षी दलहरुसँग सहकार्य र समन्वयको अपेक्षा गरेको उल्लेख गरेका छन् ।

  छलफल सभामुख अर्यालले संसदको बर्खे अधिवेशन छिट्टै आह्वान हुने विश्वास व्यक्त गरेको उनको भनाइ छ ।