Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


लिपुलेक नेपाली भूमि हो, भारतले अस्वीकार गर्न मिल्दैनः हर्कराज राई


130
Shares

काठमाडाैं । लिपुलेक नेपालको हो भन्ने तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाएका छन् ।

सोमवार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुग्नुभएका उनले सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि लिपुलेक नेपाली भूमि भएकाले भारत सरकारले त्यसो भन्न नमिल्ने बताएका हुन् ।

भारत सरकारको विदेश मन्त्रालयले सो भूमि नेपालको हो भन्ने दाबी अनुचित र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको थियो । अध्यक्ष राईले सुघौली सन्धीले सो भूमि नेपालको हो भन्ने तथ्य उजागर गरेकाले भारत सरकारले त्यसो भन्न नमिल्ने तर्क गरेका छन् । उनले भारतमा विगतमा पनि यस्तै भन्दै आएको भन्द असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष राईले भन्नुभयो,‘भारतले त्यसो भन्न नपर्ने हो । त्यो भुमि हाम्रो हो । भारतले पहिला देखिनै प्रमाण पुग्दैन भनिराख्या छ । त्यो भूमि हाम्रो हो । सन् १८१६ को सुघौली सन्धीले त्यो भन्छ ।’
सरकारले सुकुम्बासी बस्ती डोजर चलाएर हटाउने काम गरेपछि प्रतिपक्ष श्रम शक्ति पार्टीले त्यसको विरोध गर्दै देशभर आन्दोलनमा जाने चेतावनी दिएको छ । पीडितको अवस्था बुझेर सो सम्बन्धि आन्दोलनलाई चर्काउने भन्दै अध्यक्ष राई सरकारले हटाएको सो बस्तीको अनुगमनको कामलाई सुरु गरेका छन् ।