काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलका निम्ति टिकटको मूल्य घटाएको छ ।
क्यानले सोमबार एक सूचना जारी गर्दै मंगलबार हुने नेपाल र ओमानबीचको खेलका निम्ति प्रतिटिकटको मूल्य २ सय रुपैयाँ निर्धारण गरिएको जनाएकाे हाे । टिकटको मूल्य यसअघि ४ सय रुपैयाँ थियो । लिग–२ मा नेपाल २३ खेलबाट १६ अंकका साथ सातौं स्थानमा रहेकाे छ । नेपालले सात जित र १४ हारको नतिजा निकालेको हाे । दुई खेल भने रद्द भएको थियो ।

त्यस्तै, यहि मे १२ तारिखदेखि शुरु हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृंखलाका निम्ति पनि प्रतिटिकटको मूल्य २ सय रुपैयाँ तोकिएको क्यानले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्