काठमाडाैं ।
पर्यटन प्रवद्र्धनको उद्देश्यसहित होटल संघद्वारा भारतसंग पर्यटन सेवा सम्झौता गरेको छ ।
संघका अध्यक्ष विनायक शाहको अध्यक्षतामा पर्यटन प्रवद्र्धन हेतु भारत गएको नेपाली पर्यटन प्रतिनिधिमण्डलले भारतीय पक्षसँग २५ भन्दा बढी पर्यटन सेवा सम्झौता गरेको हो ।
नयाँ दिल्लीमा भारतीय पर्यटकलाई गर्मी याममा नेपाल भ्रमणको विशेष आकर्षक योजनाहरु प्रस्तुत गर्न नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम सहित बि टु बि वैठकहरुको आयोजना गरिएको थियो ।
कार्यक्रममा भारतीय पक्षबाट खासगरी नेपालमा विवाह उत्सव, आरोग्य पर्यटन, सभा सम्मेलन, पारिवारिक बिदा मनाउने यात्रा, पदयात्रालगायत प्रकृति–संस्कृति–साहसिक पर्यटनका विविध विधामा रुची देखाएको संघले जनाएको छ ।
नेपाल पर्यटन बोर्डको सहआयोजनामा नेपाली दूतावास नयाँ दिल्लीको सहयोगमा गरिएको कार्यक्रममा एक सयभन्दा बढी भारतीय पर्यटन व्यवसायीहरुले ५० भन्दा बढी नेपाली तारे होटल तथा रिसोर्टका प्रतिनिधिहरुसँग व्यवसायिक भेटघाट गरेका थिए ।
गर्मीको छुट्टीमा बिदा मनाउने प्याकेज तयार गर्दा हालको स्थितिमा मध्यपूर्वको तनाव, बढ्दो हवाई भाडाको परिप्रेक्ष्यमा छिमेकी नेपालीको शितल मौसम र बढ्दो स्तरीय पर्यटकीय आकर्षण र सुविधा प्रति भारतीय पर्यटकहरुको रुची बढेको पाइएको संघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्