Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


ओखलढुंगारका सार्वजनिक सरकारी जग्गाको विवरण माग


325
Shares

शुभकला राई, ओखलढुंगा ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाका ८ वटै स्थानीय तहसँग अतिक्रमित सार्वजनिक सरकारी जग्गाको विवरण माग गरेको छ ।

प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशन अनुसार पत्राचार गर्दै यस्तो विवरण माग गरेको हो । कार्यालयले स्थानीय तहसँग अतिक्रमित सार्वजनिक सरकारी जग्गाको पहिचान गरी त्यहाँ भएका अवैध संरचना हटाउने योजना र सुरक्षा योजनासहित विवरण विवरण पेश गर्न भनेको छ ।

कार्यालयले यसअघि पनि स्थानीय तहसँग अतिक्रमित सार्वजनिक सरकारी जग्गाको विवरण माग गरेको थियो । यसपटक गृह मन्त्रालयको निर्देशनमा विवरण माग गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो ।

जिल्लामा ओखलढुंगा सदरमुकामसहित सबैजसो पालिकाका जनघनत्व बढी भएका क्षेत्रहरुमा सार्वजनिक सरकारी जग्गा अतिक्रमण भएको व्यापक जनगुनासो सुनिने गरेको छ ।