Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


ओलीको पत्थरी शल्यक्रियापछि इन्फेक्सन, भेटघाटमा रोक


6.8k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनको राजनीतिक भेटघाटमा रोक लगाइएको छ।

हालै पत्थरीको शल्यक्रिया गरेका ओली गुण्डुस्थित निवासमा आराम गरिरहेका छन्। शल्यक्रियापछि देखिएको संक्रमणको जोखिमका कारण चिकित्सकहरूले १० देखि १५ दिनसम्म पूर्ण आराम गर्न सुझाव दिएका छन्।

केही दिनअघि घाउमा संक्रमण बढेपछि भेटघाटलाई कडाइका साथ सीमित गरिएको हो। परिवार स्रोतका अनुसार हाल घरमै चिकित्सकको निगरानीमा उपचार भइरहेको छ। नियमित रूपमा ड्रेसिङ र रगत परीक्षण भइरहेको छ भने पछिल्लो रिपोर्टअनुसार स्वास्थ्य अवस्थामा सुधार देखिएको छ।

पार्टीका शीर्ष नेताहरूले भने दूरी कायम गर्दै सीमित रूपमा भेट गरिरहेका छन्। भीडभाडले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले अन्य सबै भेटघाट रोकिएको बताइएको छ।