Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाख नगदसहित एक भारतीय नागरिक प्रहरीको नियन्त्रणमा


130
Shares

काठमाडौं । मोरङमा स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् ।

शनिबार काठमाडौं जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो ।

त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । दुवै जनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।