काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ ।
पार्टीका प्रवक्ता मनिष झाले आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको बताउनुभएको हो । पार्टी सभापतिको निर्देशन अनुसार पार्टी सचिवालय बैठक बस्न लागेको उहाँको भनाइ छ ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधन लगायत विषयमा बैठकमा छलफल हुने रास्वपाले जनाएको हो ।










प्रतिक्रिया दिनुहोस्