काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
प्रहरीले शनिबार वडा सदस्य रोकायाको घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको हो । उनलाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिमकोटले जनाएको छ । वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक एक थान, फलामको रडको गोली १२ थान र बारुद १ सय १० ग्राम लुकाएर राखेको अवस्थमा फेला पारेको प्रहरीले बताएको हो ।
वडा सदस्य रोकायाको बारेमा प्रहरी कार्यालय सिमकोटले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्