Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


राष्ट्रिय अस्तित्व जोगाउन आन्दोलनमा जान राणाको निर्देशन


0
Shares

काठमाडौं, असोज ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले आफ्नो अस्तित्व नै बिर्संदै गइरहेको बताएका छन् ।

बिहीबारदेखि राजधानीमा सुरु भएको पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै राणाले ‘असैह्यरुपमा महँगी र करको बोझ बोकाएर सरकारले के गर्न खोजेको ?’ भन्दै प्रश्न गरे ।

राणाले मुलुकको पहिचान खोसिँदै गइरहेको बताउँदै राष्ट्रिय अस्तित्व जोगाउनका लागि आन्दोलनमा जान नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

सो पार्टीको केन्द्रीय प्रशिक्षक प्रशिक्षण शुक्रबारसम्म चल्ने जनाइएको छ ।