Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटमा नेपालको यूएईमाथि रोमाञ्चक जित

यूएई डीएलएस नियमका आधारमा ६ रनले पराजित

247
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० डीएलएस नियमका आधारमा ६ रनले पराजित गरेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा वर्षाले प्रभावित बनाएपछि डीएलएस नियममा ३८ ओभरमा २ सय ५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २ सय ४८ रनमात्र बनाउन सकेको हो। यूएईका मुहम्मद शाहदादले ६५, खुजाइमा तनभीरले ४९ रन बनाएका छन् । नेपालका सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र नन्दन यादवले २र२ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले शतक बनाएका छन्। दीपेन्द्रले ९४ बलमा १ सय रनमा रनआउट भए । त्यस्तै? विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, कप्तान रोहित पौडेलले ३९ रन बनाएका छन् । यूएईका जुनैद सिद्दिकी र अजय कुमारले २र२ विकेट लिएका थिए ।

लिग–२ शृङ्खलामा नेपालले यसअघिको खेलमा यूएईलाई ३७ रनले हराएको थियो । ओमानसँग डीएलएस नियमका आधारमा १ सय २ रनले पराजित भएको थियो । यो जितसँगै नेपालले ८ वटा देश सहभागी लिग–टुमा २३ खेलमा १६ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ । यूएई २३ खेलमा १२ अंकसहित पुछारमा र ओमान २६ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा रहेको हो ।