Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सरकारले सम्पत्ति शुद्धीकरण ऐन संशोधनका लागि राष्ट्रपति कार्यालयमा पठायो अध्यादेश

राष्ट्रपति कार्यालयमा ६ वटा अध्यादेशको खात

1.9k
Shares

काठमाडाैं । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनका लागि थप अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ ।

हाल कार्यान्वयनमा रहेको सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ संशोधनका लागि अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो । मन्त्रीपरिषद बैठकबाट एकै पटक निर्णय गरेर ८ वटा अध्यादेशहरु पटक-पटक गरी राष्ट्रपति कार्यालय पठाइएको छ।

आठ वटा अध्यादेश मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म सहकारी र सार्वजनिक खरिद सम्बन्धि अध्यादेश मात्रै जारी गर्नुभएको हाे । बाँकी ६ वटा अध्यादेश भने अध्ययनाका नाममा होल्ड गरिएको छ ।