Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सरकारले एकपछि अर्को जनविरोधी काम गरेकाे सहसंयोजक नेपालकाे आराेप


156
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको आरोप लगाउनुभएको छ ।

काठमाडाैंमा शुक्रबार १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आरोप लगाउनुभएको हो । सरकारले सुकुम्बासी, मजदुर विरोधी, ट्रेड युनियन अधिकार, जनताको बास बस्ने अधिकार र रोजगारीको अधिकार समेत बेवास्ता गरिरहेको सहसंयोजक नेपालको भनाइ छ।

उहाँले सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको जिकिर समेत गर्नुभयो । उहाँले सरकारलाई गलत बाटोमा जान नदिने सावधान गराउनुपर्ने अवस्था आएको समेत बताउनुभएकाे छ । सहसंयोजक नेपालले सरकारले जनतालाई पीडा र यातना दिने काम गर्न नमिल्ने पनि बताउनुभयो ।

सहसंयोजक नेपालले सरकारको गलत कामको विरोध गर्न पनि पार्टीमा आवद्ध मजुदुर नेताहरुलाई निर्देशन दिनुभएकाे छ । उहाँले सरकारका कदम जायज र उचित नभएकाले त्यसको विरोध गर्नुपर्ने अवस्था आएको दावी समेत गर्नुभयो ।