Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति पौडेल


130
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने बताउनुभएको छ ।

ललितपुरको नागवहालमा अवस्थित हिरण्यवर्ण महाविहार तारेमाम् संघको बुद्ध जयन्ती हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताउनुभयो ।

शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिने उहाँको भनाइ थियो ।

राष्ट्रपति पाैडेल राष्ट्रपति पौडेलले बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकोले उक्त ज्ञानको संसार भर प्रचार प्रसार भइरहेको उल्लेख गर्नुभयो ।