काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । बिहीबार (वैशाख १७) उनले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा उनले अध्यादेश जारी गरेका हुन् ।
गएको सोमबार (वैशाख १४) बसेको मन्त्रिपरिषद्को बैठकबाट यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो । मंगलबार राष्ट्रपतिको कार्यालयमा अध्यादेश पुर्याइएको थियो ।











प्रतिक्रिया दिनुहोस्