काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिने तयारी गरेका छन्।
राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्ने गरी सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेपछि उनीहरूले मार्ग प्रशस्त गर्न राजीनामा दिन लागेका हुन्।
यस विषयमा आज बिहान आन्तरिक छलफलसमेत भएको स्रोतले जनाएको छ। रजिस्ट्रार रिजाल भने यसअघि दोहोरो नागरिकता विवादमा समेत मुछिएका थिए।










प्रतिक्रिया दिनुहोस्