काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ।
मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले बिहीबार पनि निरन्तरता पाएको हो। बुधबार तोलामा तीन हजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको जनाएको हो। बुधबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार प्रतितोला चार हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो । चाँदी बिहीबार तोलामा चार हजार आठ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार पाँच सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्