काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत २४ घण्टाको अवधिमा २ हजार ४ सय ८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेको जनाएको छ ।
जसबाट राज्यकोषमा २२ लाख ७४ हजार ५ सय ४ रुपैयाँ राजस्व दाखिला भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेका ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय ७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय १२ जनालाई कारबाही गरेको जनाएको छ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३ सय २५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय २१, निर्धारित स्थानामा यात्रु चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ६२ र अन्य सवारी नियम पालना नगरेका १ हजार ३ सय २८ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको हो।










प्रतिक्रिया दिनुहोस्