काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् रोकेर सरकारले धमाधम अध्यादेश सिफारिस गरेपछि बिहीबार संविधानविद्हरूसँग परामर्श गर्नुहुने भएको छ।
उहाँले बिहीबार अपराह्न छलफल गर्ने तय भएपनि समय यकिन नभएको राष्ट्रपतिको सचिवालयले जनाएको हो । सरकारले यहि वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानून संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।
संसद अधिवेशन रोकेर अध्यादेश ल्याएको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ । विपक्षी दलहरुले अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष माग समेत गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्