Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


कांग्रेस नेता शेखर समूहको छुट्टै भेला आज हुँदै


793
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिहीबार आफ्नो समूहको छुट्टै भेला बोलाउनुभएको छ।

बागमती प्रदेश स्तरीय भेला बोलाएको सोही समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभएको हो।भेलामा बागमती प्रदेशभित्रका बहालवाला, निवर्तमान केन्द्रीय सदस्य, पदाधिकारी, जिल्ला सभापति-पूर्वजिल्ला सभापति सांसद-पूर्वसांसद, प्रदेश सभा सदस्यहरू, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।

यसअघि पूर्वसभापति शेरबहादुर देउवा पक्षले बोलाएका भेलाहरुमा शेखर समूहका नेताहरू उपस्थित भएका थिएनन् ।