Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादको मुम्बई इन्डियन्समाथि जित

आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र रोयल बैंगलोरबीच प्रतिस्पर्धा हुने

351
Shares

काडमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।

भारतको वानखेडेमा बुधबार राति भएको खेलमा हैदरावादले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो । मुम्बईका रायान रिकल्टनले अविजित १ सय २३ रन बनाए पनि टोलीको जितका लागि पर्याप्त भएन ।

२ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । हैदरावादका ट्रभिस हेडले ७६ तथा हेनरिक क्लासेनले अविजित ६५ रन बनाए । हैदरावाद तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई तालिकाको नवौं स्थानमा रहेको हो ।

साथै आईपीएल क्रिकेटमा बिहीबार राति पौने ८ बजेदेखि गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलोर ९आरसीबीबीच प्रतिस्पर्धा हुने भएको छ ।